२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

भुर्तेलको अर्धशतकमा नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले घरेलु टोली ओमानलाई जितका लागि १५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय पारीका बाबजुद मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो।

मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएका थिए।

तर, आसिफ शेख २० बलमा २४ रन बनाएर आउट भएसँगै नेपालको विकेट पतन सुरु भयो।

त्यसपछि नेपालले लगातार विकेट गुमायो। कप्तान रोहित पौडेल (१), दीपेन्द्रसिंह ऐरी (२) र कुशल मल्ल (७) सस्तैमा पभेलियन फर्किएपछि नेपाल ८१ रनमा ४ विकेटको कमजोर स्थितिमा पुग्यो।

एक छेउबाट कुशल भुर्तेलले नेपालको इनिङ्स सम्हालेका थिए। उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए।

उनलाई आदिल आलमले १६ र अन्त्यमा गुलशन झाले १० बलमा १८ रन बनाउँदै साथ दिए पनि नेपालले ठूलो स्कोर बनाउन सकेन।

ओमानका लागि नदीम खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए। त्यस्तै, सुफियान महमुद र जितेनकुमार रामानन्दीले पनि २-२ विकेट हात पारे।

प्रकाशित: २९ आश्विन २०८२ २२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App