आईसिसी लिग २ अन्तर्गत नेपाल र नामिबिया बीचको खेल जारी छ।
नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ। १२ ओभरमा नामिबियाले २ विकेटको क्षतिमा ३७ रन बनाएको छ।
करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। उनले मलान क्रुगरलाई १५ रनमा आरिफ शेखबाट क्याच आउट गराए। यसअघि सोमपाल कामीले ओपनर मिचेल लिङ्गेनलाई ५ रनमा बोल्ड गराएका थिए।
प्रकाशित: ११ श्रावण २०८३ १६:२० सोमबार



-600x400.jpg)

