नेपाली करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन्।
विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो। आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदै छ। उक्त च्याम्पियनसिपका सानुमाया छनोट भइन्।
विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन्। नेपाली कराते टोलीको काता प्रशिक्षक मन्डेकाजी श्रेष्ठ छन्। उनी १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता पनि हुन्।
काता प्रशिक्षक श्रेष्ठले यो नेपाली करातेका लागि ठूलो अवसर र सफलता रहेको बताएका छन्। गत मेमा उज्बेकिस्तानमा सम्पन्न एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन्। छनोट भएर नेपालले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्ने भएको छ।
प्रकाशित: २२ श्रावण २०८२ ०७:४४ बिहीबार





