२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
खेल

ओमानविरूद्वको सेमिफाइनल खेलमा नेपालको खराब सुरूवात

मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा अहिले नेपालले ओमानको सामना गरिरहेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरूवात गरेको छ। यो खबर तयार पार्दा सम्म नेपालले २५ ओभरमा ४ विकेटको क्षतिमा ९७ रन जोडेको छ।

नेपालका दुवै ओपनर  आसिफ शाह र देव खनालको सस्तैमा आउट भएका थिए। आसिफ ११ रनमा आउट हुँदा देव १३ रनमा आउट भएका थिए। इशान पाण्डे १ तथा पूर्वकप्तान रोहित पौडेल ३ रनमा आउट भएपछि नेपाली इनिङ्स धराशयी बनेको थियो। 

अहिले यो खबर तयार पार्दा दिपेन्द्र सिंह ऐरी ३६ र बसिर अहमद २९ रनमा खेलिरहेका छन्। उनीहरूले ५० रनमाथिको साझेदारी गर्दै नेपालको इनिङ्स अगाडि बढाइरहेका छन्।

ओमानका लागि मुहम्मद इमरानले २ तथा जय ओडेरा र हसनेन शाहले समान १-१ विकेट हात पारेका छन्।

प्रकाशित: २५ भाद्र २०८३ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App