२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री देउवा राहत सामग्रीसहित नुवाकोट जाँदै

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन्।

उनको सचिवालयका अनुसार देउवा राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि नुवाकोट जान लागेका हुन्। देउवासहित कांग्रेसका शीर्ष नेताहरू बिहान ९ बजे काठमाडौंबाट स्थलगत मार्ग हुँदै नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको बताएको छ।

यसअघि कांग्रेस सभापति गगनकुमार थापा पनि बाढी प्रभावित क्षेत्रको अवलोकनमा गएका थिए। थापा गत शुक्रबार विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्र रसुवा पुगेका थिए।

प्रकाशित: २५ भाद्र २०८३ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App