ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ खेलमा युएईविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ सुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पावरप्लेको समाप्तिमा बिना कुनै विकेटको क्षति ४५ रन जोडेको हो।
नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेल र आसिफ शेखले सानदार साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका हुन्।
६ ओभरको खेल सकिँदा आसिफ शेख १७ बलमा २४ रन बनाएर क्रिजमा छन् भने कुशल भुर्तेलले १९ बलमा २० रन जोडेका छन्। दुवै ब्याट्सम्यानले युएईका बलरहरूमाथि सुरुदेखि नै दबाब कायम राख्दै महत्त्वपूर्ण साझेदारी गरेका छन्।
प्रकाशित: २६ आश्विन २०८२ १६:४७ आइतबार





