१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपालको चौथो विकेट गुम्यो, आरिफ २७ रन बनाएर आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालको चौथो विकेट गुमेको छ। कप्तान रोहित पौडेलसँग संघर्षपूर्ण ७० रनको साझेदारी गरेका आरिफ शेख व्यक्तिगत २७ रनको स्कोरमा आउट भएका छन्। उनलाई युएईका फास्ट बलर जुनैद सिद्धिकीले बोल्ड गरे।  

आरिफ आउट हुँदा नेपालको स्कोर ३२.४ ओभरको सामाप्तीमा चार विकेट गुमाएर १३१ रन छ। कप्तान रोहित भने व्यक्तिगत ५४ रनको स्कोरमा खेलिरहेका छन्। यसअघि कुशल भुर्तेल ७ रनमा, भीम सार्की ३ रनमा र आशिफ शेख ३५ रन बनाएर आउट भएका थिए।

प्रकाशित: १३ कार्तिक २०८२ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App