२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल अपराजित रहँदै टी–२० विश्वकप छनोटको सुपर सिक्समा

नेपाल अपराजित रहँदै आइसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।  

समूह बीको अन्तिम खेलमा नेपालले शुक्रबार जापानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सुपर सिक्समा प्रवेश गरेको हो । एकमा जित र एकमा हार भोगेको जापान पनि सुपर सिक्समा प्रवेश गर्यो ।  सुपर सिक्समा नेपालको २ अंक र जापानको शुन्य अंक रहनेछ । 

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आशिफ शेखले ३८, कुशल भुर्तेलले २१ र रोहित पौडेलले १८ रनको योगदान गरे । दीपेन्द्र सिंह ऐरी १४ र गुल्शन झा २८ रनमा नटआउट रहे ।  सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।  

यसअघि ओमान क्रिकेट एकेडेमीमा पहिला ब्याटिङ गरेको जापानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० र इसाम रहमानले ३१ रन जोडे ।  

नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाले समान २ तथा सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए । 

प्रकाशित: २४ आश्विन २०८२ १९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App