१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा नेपालसँग हार्‍यो भारत

गोलरक्षक अन्जना राना मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा नेपाल ३-० ले विजयी भयो।

खेलको पहिलो हाफमा दुवै टोलीबाट १-१ गोल भएको थियो। खेलको ३० औं मिनेटमा डिफेन्डर निशा थोकरको मिस पासको फाइदा उठाउँदै भारतकी सौम्य गोगुलोथले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्।

तर, पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपाल खेलमा फर्कियो। कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङले सुन्दर हेड गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएकी थिइन्।

पेनाल्टी सुटआउटमा नेपाली गोलरक्षक अन्जना राना मगर नायक बनिन्। उनले भारतको दुईवटा प्रहारलाई उत्कृष्ट बचाउ गर्दै नेपालको जित सुनिश्चित गरिन्।

अनौपचारिक मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले अघिल्लो खेलबाट १० खेलाडी परिवर्तन गर्दै नयाँ खेलाडीलाई अवसर दिएका थिए। नियमित कप्तान सावित्रा भण्डारी (साम्बा) को अनुपस्थितिमा अनिता बस्नेतले टोलीको कप्तानी गरेकी थिइन्।

भारतले पनि आफ्नो सुरुवाती ११ मा सबै नयाँ खेलाडीलाई मौका दिएको थियो।

प्रकाशित: १२ कार्तिक २०८२ १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App