४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

नेपाल साफ यु-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

नेपाल साफ यु–१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार समूह 'ए' को खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४-० ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो।

नेपाल रहेको समूहमा नेपालल दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २- ० ले हराउँदै विजयी सुरुआत गरेको थियो। त्यसपछि नेपालले बंगलादेशसँग ४-० ले हार व्यहोरेको थियो।

अब नेपालले समूह 'बी' मा रहेको भारत वा पाकिस्तानसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नछ। भारत र पाकिस्तानले आज प्रतिस्पर्धा गर्दै छन्।

जारी प्रतियोगितामा कुल ७ टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: ६ आश्विन २०८२ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App