४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोली भारत जाने, आसामसँग टी-२० सिरिज खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा गरेको छ।

विकेटकिपर ब्याट्सम्यान अनिल साहको कप्तानीमा घोषित १६ सदस्यीय टोलीले भारतको गुवाहाटीमा आसाम राज्यको टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ।

सिरिज यही अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म आयोजना हुनेछ। राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका अनिललाई नेपाल ‘ए’ टिमको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो।

कप्तान अनिल साहसँगै टोलीमा विकेटकिपरको भूमिकामा अर्जुन घर्ती मगर पनि रहेका छन्। घोषित टोलीमा देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सर्राफ, बसिर अहमद, कमल सिंह ऐरी र आदिल अन्सारी जस्ता राष्ट्रिय टोलीमा समावेश रहेका खेलाडीहरू छन्।

त्यसैगरी, टोलीका अन्य सदस्यहरूमा तृत राज दास, सुभ कंसाकर, इशान पाण्डे, आकाश चन्द, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।

प्रकाशित: ७ भाद्र २०८२ १९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App