१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएल सुरु हुनै लाग्दा मोन्टी देशाई काठमाडौंमा

काठमाडौं गुर्खाजका मुख्य प्रशिक्षक मोन्टी देशाई नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनै लाग्दा उनी फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजको प्रशिक्षणका लागि काठमाडौं आएका हुन्।  

काठमाडौंले शुक्रबार सामाजिक सन्जाल फेसबुमार्फत मोन्टी एनपिएलका लागि नेपाल आइपुगेको जानकारी दिएको हो।  

एनपिएल सिजन- २ आगामी मसिंर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदैछ। यसको लागि काठमाडौंले ६ विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिसकेको छ। टोलीको मार्की खेलाडि करण केसी हुन्। 

प्रकाशित: २१ कार्तिक २०८२ १६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App