१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

हारपछि दुर्व्यवहार भयो: एन्जेला

इटालीकी बक्सर एन्जेला कारिनीले गत पेरिस ओलम्पिकमा इमानी खेलिपसँग फाइटपछि अनलाइन मार्फत आफूले धेरै दुर्व्यवहार सामना गर्नुपरेको बताएकी छन्।

गत वर्ष भएको उक्त घटनाले गर्दा आफ्नो करियर नै खराब बनाएको इटालियन बक्सर एन्जेलाको भनाइ छ। उक्त ओलम्पिकमा अल्जेरियाकी खेलिपविरुद्धको पहिलो फाइटमा उनले मात्र ४६ सेकेन्डपछि नै रुँदै आत्मसमर्पण गरेकी थिइन्। पछि उनले त्यो निर्णयको  कारण प्रतिद्वन्द्वीको पहिलो प्रहारबाट आएको पीडा रहेको बताइन्।

शुक्रबारमा एन्जेलाले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा प्राप्त गरेका सन्देशको स्क्रिनसट पनि राखेकी थिइन्। केही सन्देशमा उनलाई फेरि कहिल्यै ओलम्पिक नजानू भन्ने पनि थियो। केहीमा उनलाई ‘कायर र इटाली टिमको कलंक’ भनिएको थियो।

उक्त भिडियोमा २६ वर्षीया एन्जेलाले आफ्नो अनुभूति पनि सुनाइन्। ‘तपाईंहरूले कहिल्यै सोच्नुभयो कि यी शब्दहरूको सामना गर्न मेरा लागि कति गाह्रो भइरहेको छ? मैले के सहनुपर्‍यो र दिनदिनै सहिरहेको छु। मैले आफ्नो स्वास्थ्यलाई सामाजिक सञ्जालबाट जोगाउनुपर्नेछ,’ उनले भनिन्, ‘किनभने उनीहरूको लागि यो मात्र एक  वाक्य हो। यो मात्र एक शब्द र मात्र मज्जा हो। भीडलाई बढाउन या पछ्याउने वातावरण सिर्जना गर्ने उद्देश्यले यसो गरिन्छ,’ उनले भनेकी छन्।

पछि अल्जेरियाकी खेलिपले  ओलम्पिकमा स्वर्ण पदक नै जितिन्। उनले ताइवानकी लिन यु टिङलाई हराउँदै त्यो सफलता पाएकी हुन्। रूसी प्रभुत्व रहेको अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) ले यु र खेलिपलाई एक टेस्टमा असफल भएको भन्दै विश्व च्याम्पियनसिप २०२३ बाट अयोग्य ठहर गरेको थियो। तर, आइबिए विवादका बीच उनीहरूमाथि त्यो निर्णय भएको हो।

आइओसीले ओलम्पिकमा बक्सिङ प्रतियोगिता पनि सञ्चालन गर्‍यो। यसले यसअघिकै ओलम्पिकमा प्रयोग गरिएको यौन योग्यतासम्बन्धी नियम लागु भयो। ती नियम अनुसार खेलिप र यु प्रतिस्पर्धा गर्न योग्य थिए। तर, पहिलो खेल नै विवादपूर्ण रह्यो र  इटालीकी बक्सर एन्जेलाले उनी महिला जस्तो नरहेको आरोप लगाइन्।

खेलिपलाई प्रतिस्पर्धा गर्न अनुमति दिइएको बारे पेरिसभन्दा टाढासम्म पनि छलफल भयो। हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले पनि त्यसबारे आवाज उठाए। ‘धेरैका लागि विगतलाई बिर्सन सजिलो छ तर मेरो लागि त्यो थिएन,’ एन्जेलाले भनिन्,‘त्यो विगत जसले मेरो जीवनमा दाग लगायो। त्यो विगत जसले मभित्र घाउहरू छोड्यो। जसलाई म दिनदिनै निको पार्न प्रयास गर्छु। तर संक्रमित घाउजस्तै यसले रगत बगाउँछ र पीडा दिन्छ।’

एन्जेलाले सन् २०१९ मा विश्व र युरोपेली च्याम्पियनसिप दुवैमा रजत पदक जितेकी थिइन्। टोकियो ओलम्पिकमा भने उनी पहिलो फाइटमा हार्न पुगिन्। पेरिसपछि आफ्नो परिवारसँग मौनतामा आफूलाई बन्द गरेको र आफूलाई पुरानो स्थितिमा फर्काउन प्रयास गरिरहेको उनले बताइन्।

प्रकाशित: २८ भाद्र २०८२ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App