२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकपअन्तर्गत इक्वेडरलाई पराजित गर्दै सह–आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको छ। 

मेक्सिको सिटी स्टेडियममा भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको १६ मा पुगेको हो।

घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे।

पहिलो हाफको २१औं मिनेटमा जुलियन क्विनोनेसले र ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।

मेक्सिकोले आफ्नो विगत १५ विश्वकप खेलहरूको पहिलो हाफमा गोल गर्न दिएको छैन, जुन इतिहासको दोस्रो सबैभन्दा लामो स्ट्रिक हो। १६ वर्ष अगाडी टोलीले अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा गोल खाएको थियो।

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ। अब मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित: १७ असार २०८३ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App