फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३-० को सहज जित निकालेको छ।
अमेरिकाको कान्सास सिटीस्थित ‘जीईएचए फिल्ड एट एरोहेड स्टेडियम’ मा भएको यस खेलमा कप्तान लियोनल मेस्सीले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गर्दै जित निकालेका हुन्। आफ्नो छैटौं विश्वकप खेल्दै इतिहास रचेका मेस्सीले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका उनले ७६ औँ मिनेटमा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्।
यस उत्कृष्ट प्रदर्शनसँगै मेस्सीको विश्वकपमा कुल गोल सङ्ख्या १६ पुगेको छ। सन् २०२२ को उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिना खेलमा पूर्ण रूपमा हाबी देखिएको थियो।
प्रकाशित: ३ असार २०८३ ०८:४७ बुधबार





