१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

पारा तेक्वान्दकी पदक विजेतालाई सम्मान

पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी रेनु तामाङलाई बिहीबार नगद १० हजारसहित सम्मान गरेको छ। रिभेरा इन्टरनेसनल एकेडेमीले रेणु र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको हो। 

रिभेराको स्पोर्ट्स मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट, स्कुल व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भट्टराई, स्कुल सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र प्रिन्सिपल प्रज्ज्वल कोइरालाले उनीहरूलाई सम्मान गरे। रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा सफलता पाएकी हुन्।

के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा उनले कांस्य जितेकी थिइन्। रेनु नेपाल तेक्वान्दो संघको आयोजनामा डिसेम्बर १ देखि ६ तारिखसम्म भएको १३औं कोरियन एम्बेसडर इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपकी स्वर्ण विजेता हुन्। रेनु र नेगी राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन्।

प्रकाशित: ४ पुस २०८२ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App