६ आश्विन २०८३ मंगलबार
image/svg+xml
खेल

एमबाप्पेले भने : रेफ्री मानव हुन्, गल्ती हुन्छ

एट्लेटिको मड्रिडविरुद्धको म्याड्रिड डर्बीमा भएको रेफ्री विवादबारे रियल मड्रिडका स्टार किलियन एमबाप्पेले सार्वजनिक प्रतिक्रिया दिएका छन्।

आइतबार भएको खेलमा एट्लेटिकोले रियल मड्रिडलाई २-१ ले पराजित गरेको थियो। खेलका क्रममा रेफ्रीका केही निर्णयलाई लिएर रियलका खेलाडी असन्तुष्ट देखिएका थिए। खेल सकिएपछि रियलका कुनै पनि खेलाडीले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिएका थिएनन्।

तर सोमबार ‘डायारियो एएस’ सँगको कुराकानीमा एमबाप्पेले रेफ्रीको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरे। उनले आफू रेफ्रीका विषयमा धेरै बोल्ने खेलाडी नभएको भन्दै यसपटक पनि त्यसबारे विस्तृत टिप्पणी नगर्ने बताए।

‘मलाई लाग्दैन, म कहिल्यै रेफ्रीबारे धेरै बोल्ने खेलाडी थिएँ। अब त्यसको सुरुवात गर्न चाहन्नँ। मेरा आफ्नै विचार छन्, तर म ती आफैंसँग राख्छु,’ एमबाप्पेले भने।

उनले रेफ्री पनि मानव भएकाले गल्ती हुन सक्ने बताए। ‘रेफ्री मानव हुन्, उनीबाट गल्ती हुन्छ। त्यहाँ गल्तीहरू भएका थिए, तर म त्यसमा जान चाहन्नँ,’ उनले भने।

डर्बीमा प्राप्त हारपछि रियल मड्रिडले अब अन्तर्राष्ट्रिय विश्रामपछि आफ्नो आगामी खेलमा ध्यान केन्द्रित गर्नेछ।

प्रकाशित: ६ आश्विन २०८३ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App