किलियन एमबाप्पेको शानदार प्रदर्शनसँगै रियल म्याड्रिडले ला लिगामा नयाँ प्रमोट भएको रियल ओभिएदोमाथि ३–० को जित निकालेको छ। खेलमा एमबाप्पेले दुवै हाफमा एक–एक गरी दुई गोल गरे भने अन्तिमतिर भिनिसियसले तेस्रो गोल थपे।
ओभिएदोले करिब २५ वर्षपछि शीर्ष लिगमा फर्कँदा घरेलु समर्थक उत्साहित थिए, तर म्याड्रिडको दबाब सहन सकेनन्। आर्दा गुलरको पासबाट एमबाप्पेले पहिलो गोल गरे, जसमा विवाद भए पनि गोल मान्य भयो। दोस्रो हाफमा पनि एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर बनाए।
अन्त्यमा भिनिसियसले उत्कृष्ट प्रदर्शन गर्दै एक असिस्ट र एक गोल गरे। यस जितसँगै प्रशिक्षक झाबी अलोन्सोको टोलीले लगातार दोस्रो जित हात पार्यो। एजेन्सी
प्रकाशित: ९ भाद्र २०८२ ०९:०१ सोमबार





