२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

विराटनगरमा सुरु भयो मेयरकप फुटबल प्रतियोगिता

विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापितगर्ने उद्देश्यसहित‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ । आइतबार देखि विराटनगर वडा नं  १९को आयोजनामा ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरू भएको हो ।  

प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भौतिकपूर्वाधार विकाससँगै खेलकुद, शिक्षा र सामाजिक क्षेत्रको समग्र विकासमामहानगर केन्द्रित रहेको बताए । उनले खेलकुदयुवाको ऊर्जा, अनुशासन र पहिचानसँगजोडिएको क्षेत्र भएकाले महानगरले खेल गतिविधिलाई प्राथमिकतामा राखेर कामगरिरहेको उल्लेख गरे ।मेयर कोइरालाले यस्ता प्रतियोगिताले वडास्तरबाटै प्रतिभावान खेलाडी खोज्न र राष्ट्रियस्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । विराटनगर  १९ का अध्यक्षश्याम घिमिरेले विराटनगरलाई ‘स्पोट्र्स सिटी’ का रूपमाविकास गर्ने दीर्घकालीन सोचअनुसार प्रतियोगिताआयोजनागरिएको जानकारी दिए ।  

पोखरिया युथक्लबको संयोजनमा सुरु भएको प्रतियोगितामाविराटनगरका १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालनहुनेछ । विजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।यसैबीचउद्घाटन खेलमाआयोजक वडा नम्बर १९ विजयीभएको छ । वडानम्बर १ विरुद्धको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । पेनाल्टीमा वडा नम्बर १९ ले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको हो ।

प्रकाशित: २७ वैशाख २०८३ २०:०५ आइतबार