७ माघ २०८२ बुधबार
image/svg+xml
खेल

म्याक्सवेलको हात भाँचियो

अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचिएको छ । नेट्स ट्रेनिङका क्रममा बलले लागेर उनको हात भाँचिएको हो ।  

म्याक्सवेल बलिङ गरिरहेका बेला ब्याट्सम्यान मिचेल ओवेनले प्रहार गरेको बलले उनको हातमा लागेको थियो । उक्त प्रहारले ३६ वर्षीय म्याक्सवेलको हात भाँचिएको हो ।  

सन् २०२२ मा उनको खुट्टा भाँचिएको थियो भने सन् २०२३ मा गोल्फ कार्टबाट खसेर उनी बेहोस भएका थिए ।  

पछिल्लो चोटका कारण उनी न्युजिल्यान्डविरुद्धको तीन खेलको टी-२० श्रृंखलाबाट बाहिरिएका छन्। उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान जोश फिलिप्पेलाई टोलीमा समावेश गरिएको छ।

प्रकाशित: १४ आश्विन २०८२ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App