६ भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाइटेडले कार्लोस बालेबाका लागि ७० मिलियन पाउन्डसम्म तिर्ने

म्यानचेस्टर युनाइटेडले ब्राइटनका मिडफिल्डर कार्लोस बालेबालाई  ७० मिलियन पाउन्डमा अनुबन्ध गर्ने सम्झौता गरेको छ। दुई क्लबबीच शुक्रबार साँझ सम्झौतामा सहमति भएपछि २२ वर्षीय बालेबालाई यो साता मेडिकल गर्ने भएका छन्।

युनाइटेडले बालेबाका लागि प्रारम्भिक रूपमा ६५ मिलियन पाउन्ड तिर्नेछ भने थप ५ मिलियन पाउन्ड बोनसका रूपमा तिर्न सहमति भएको छ। सम्झौतामा ब्राइटनले भविष्यमा खेलाडी बिक्री गर्दा रकम पाउने ‘सेल-अन क्लज’ समेत राखिएको छ।

क्यामरुनका अन्तर्राष्ट्रिय खेलाडी बालेबा सन् २०२३ मा फ्रेन्च क्लब लिलबाट ब्राइटन पुगेका थिए। हाल भने प्रि-सिजन प्रशिक्षणका क्रममा घुँडाको चोट लागेपछि उनी मैदानबाहिर छन्। बालेबाको आगमनसँगै युनाइटेडको यस सिजनको ट्रान्सफर खर्च १५३ मिलियन पाउन्ड पुगेको छ। यसअघि क्लबले एन्ड्रे सान्तोस र युरी टिलेमान्सलाई मिडफिल्डमा भित्र्याइसकेको छ।

बालेबालाई अनुबन्ध गरेपछि युनाइटेडले मिडफिल्ड बलियो बनाउने योजना पूरा गरेको छ। अनुभवी ब्राजिलियन मिडफिल्डर कासेमिरोको सम्झौता सकिएपछि उनको स्थान पूर्ति गर्न पनि युनाइटेडले बालेबालाई महत्वपूर्ण खेलाडीका रूपमा हेरेको छ।

प्रकाशित: ६ भाद्र २०८३ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App