१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ।

बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आज घोराही आइपुगेको हो।

र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकालगायतले स्वागत गरे। 

घोराही बजार परिक्रममा गर्दै र्‍याली घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो। 

प्रकाशित: ६ पुस २०८२ १९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App