११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

पावरप्लेमा लुम्बिनी हाबी, चितवनले गुमायो २ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी पाँचौँ खेलमा चितवन राइनोजले पावरप्लेमा सुस्त सुरुवात गरेको छ।

टस हारेर ब्याटिङ गरेको चितवनले पहिलो ६ ओभरमा २ विकेट गुमाउँदै मात्र ३० रन जोड्न सफल भयो। लुम्बिनी लायन्सका बलरहरूले कसिलो बलिङ गर्दै चितवनका ब्याटरहरूलाई खुलेर खेल्न दिएनन्।

इनिङ्सको दोस्रो बलमै रुबेन ट्रम्पेलम्यानले चितवनका स्टार ब्याटर डेभिड मलानलाई बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए। मलान खाता नै नखोली पेभिलियन फर्किए।

त्यसपछि सम्हालिएर खेल्ने प्रयास गरेका अर्का ओपनर दीपक बोहरा पनि पावरप्ले भित्रै आउट भए। उनलाई ३.२ ओभरमा अभिषेक गौतमले समिर अलिद्वारा स्टम्पिङ गराए। बोहराले १२ बलमा १० रन बनाए।

अहिले क्रिजमा देव खनाल र रवि बोपारा इनिङ्स उकास्ने प्रयासमा छन्। यो समाचार तयार पार्दासम्म ६.३ ओभर चितवनले ३९ रन बनाएको छ।

प्रकाशित: ४ मंसिर २०८२ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App