नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा मंगलबार साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ।
लिग चरणमा ११ अंकसहित पहिलो भएको लुम्बिनी र १० अंकसहित दोस्रो बनेको सुदूरपश्चिम दुवै टोली जित्दै सिधै फाइनल पुग्ने लक्ष्यमा छन्।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
प्रकाशित: १ मंसिर २०८३ ०६:५६ मंगलबार





