ब्राजिलका दिग्गज फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन्।
उनले आइतबार इटालीको तेस्रो डिभिजनको क्लब राभेन्नाबाट खेल खेलेका हुन्। उक्त खेलमा राभेन्नाले २–० गोलको जित हासिल गरेको थियो।
रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सेका लागि आफ्नो अन्तिम खेल खेलेका थिए। त्यसपछि उनले व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए।
गत अगस्टमा उनी राभेन्ना क्लबमा लगानीकर्ताका रूपमा आबद्ध भएका थिए। अहिले भने सोही क्लबबाट खेल्न मैदानमा फर्किएका हुन्।
रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलका लागि फिफा विश्वकप र सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनले बार्सिलोना र एसी मिलानबाट लिग उपाधिसमेत जितेका छन्।
सन् २००५ मा उनले बालोन डी’ओर र फिफा विश्व वर्ष खेलाडीको अवार्ड जितेका थिए। आफ्नो व्यावसायिक फुटबल करियरमा रोनाल्डिन्होले कुल २९९ गोल गरेका थिए।
रोनाल्डिन्होले बार्सिलोनाका अतिरिक्त पीएसजी, ग्रेमियो, फ्लामेङ्गो, एट्लेटिको मिनेरो र फ्लुमिनेन्सेका लागि पनि खेलेका थिए। उनले मेक्सिकोको क्लब क्वेरेटारोबाट समेत फुटबल खेलेका छन्।
प्रकाशित: ३० कार्तिक २०८३ १३:२९ सोमबार





-600x400.jpg)