१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

लिग-टूः नेपालले गुमायो पाँचौ विकेट

लिग-टू क्रिकेटअन्तर्गत पाँचौ सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध पाँचौ विकेट गुमाएको छ।  

युएईमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले २७ औं ओभरमा १०५ रन जोड्दा आफ्नो पाँचौ विकेट गुमाएको हो । आरिफ शेख २० रनमा रनआउट हुन पुगे ।  

नेपालले २९ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०९ रन बनाएको छ । 

यसअघि आरिफ शेख ३७, भीम सार्की २९, रोहित पौडेल २ र कुशल भुर्तेल शुन्य रनमा आउट भए ।  

यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । अमेरिकाका लागि समित पटेलले ७५, मिलिन्द कुमारले ७० र सैतेजा मुक्कामुल्लाले ४२ रन बनाएका थिए ।  

सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।  

लिग टूमा नेपालले १६ खेलबाट मात्र १२ अंक जोडेको छ । आफ्नो छैठौं सिरिज खेलिरहेको अमेरिकाले २० खेलबाट २८ अंक छ । आजको खेलमा जित निकाल्न सके अमेरिका स्कटल्यान्डलाई पछि पार्दै ३० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।  

प्रकाशित: ९ कार्तिक २०८२ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App