विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध ईशान पाण्डेले अर्धशतक प्रहार गरेका छन्।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। सो क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे।
एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले स्कटल्याण्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए।
अहिले उनले ७० बलमा ६६ रन बनाएका छन् भने उनीसँगै क्रिजमा रहेका कप्तान रोहित पौडेलले ५६ बलमा ४४ रन बनाएका छन्।
जारी खेलमा नेपालले ३७ ओभरको समाप्तीमा दुई विकेट गुमाएर १९० रन बनाएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १२:४४ शुक्रबार





