२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि

ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि हुनेछ । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भोलि मंगलबारदेखि हुने भएको छ। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुनेछ ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्ष माथिको मास्टर युगल खुला गरी ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले बताए ।

अघिल्ला तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय छ भने प्रतियोगिताको पुरस्कार राशी ४ लाख २५ हजार छ ।  यो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फको पुरस्कार राशीमा वृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी दिए ।  

अघिल्लो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा बृद्धि गरि ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए ।  

यस्तै यु–१७ पुरुष तथा महिलाका शीर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित: २१ पुस २०८२ १६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App