३० श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

ला लिगाको नयाँ सिजन आजदेखि, पहिलो दिनमै दुई खेल

स्पेनिस फुटबलको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता ला लिगाको २०२६-२७ सिजन आजदेखि सुरु हुँदैछ। नयाँ सिजनको पहिलो दिनमै दुई खेल हुनेछन्।

सिजनको उद्घाटन खेलमा अलाभेस र गेटाफे आमनेसामने हुँदैछन्। घरेलु मैदानको फाइदा उठाउँदै अलाभेस जितसहित नयाँ अभियान सुरु गर्न चाहन्छ। यता गेटाफे पनि सुरुवाती खेलमै महत्वपूर्ण तीन अंक हात पार्ने योजनामा मैदान उत्रनेछ।

आजै हुने अर्को खेलमा सेभिया र रायो भालेकानो भिड्नेछन्। घरेलु मैदानमा सेभियामाथि जितको दबाब हुनेछ भने रायो पनि बलियो सुरुवात गर्दै अंक बटुल्ने लक्ष्यमा हुनेछ।

नयाँ सिजन सुरु भएसँगै सबैभन्दा ठूलो चर्चा भने बार्सिलोना र रियल मड्रिडको उपाधि भिडन्तलाई लिएर छ। पछिल्लो सिजनको प्रतिस्पर्धापछि यी दुई ठूला टोली फेरि उपाधिका लागि आमनेसामने हुनेछन्।  

प्रकाशित: ३० श्रावण २०८३ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App