१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानलाई, नेपाल उपविजेतामै सीमित

काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानले जितेको छ। आइतबार श्रीलंकामा भएको फाइनलमा किर्गिस्तानसँग ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएसँगै नेपाल उपविजेतमै सीमित भएको हो।  

पहिलो सेटमा नेपालले २५-२२ नतिजा आफनो पक्षमा पारेको थियो। दोस्रोमा र्किगिस्तानले २५-२० ले नतिजा आफ्नो पक्षमा पार्‍यो । तर तेस्रो सेटमा किर्गिस्तानले २५-२१ ले जित निकाल्यो । चौथो सेटमा नेपालले २५-१३ को सहज जित निकाले पनि पाँचो सेटमा लय समाउन सकेन र नतिजा १५-११ ले किर्गिस्तानलाई सुम्पियो ।  

प्रतियोगितामा किर्गिस्तानले अपराजित रहँदै उपाधि चुमेको हो।  

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो। सम्पन्न पतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, किर्गिस्तान र मालिदिभ्सले सहभागिता जनाएका थिए।

प्रकाशित: २३ कार्तिक २०८२ १८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App