९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

सुवेदीको अध्यक्षतामा क्वानमुकान करातेको कार्यसमिति

नेपाल क्वानमुकान कराते डो संघको चुनावी साधारण सभाले जनक सुवेदीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र पण्डित, उपाध्यक्षमा रूपेन्द्र थापा, हिक्मत थपलिया र सतीश तण्डुकार, महासचिवमा नरदेव राई, सचिवमा मञ्जु कोइराला र कोषाध्यक्षमा विक्रम श्रेष्ठ रहेको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कानुन शाखाका प्रमुख नारायणराज अर्यालले जनाएका छन्।

राम बलामी, अञ्जु श्रेष्ठ, प्रभा भट्टराई, सीता मास्के, रघुनाथ पौडेल, विनोद लिम्बू, मकरबहादुर श्रेष्ठ, तेजविक्रम बस्नेत र पुरुषोत्तम राजभण्डारी सदस्यमा चयन भए।

प्रकाशित: १७ पुस २०८२ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App