नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल खाता नखोली पेभेलियन फर्किएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलको नवौँ ओभरमा ब्याटिङ गर्न आएका कप्तान भुर्तेल आफूले सामना गरेको पहिलो बलमै आउट (गोल्डेन डक) भएका हुन्। उनलाई जनकपुरका बलर सञ्जय कृष्णमूर्तिले आउट गराए।
राम्रो सुरुवात गरेको पोखराले एकै ओभरमा दुई महत्वपूर्ण विकेट गुमाएको छ। इनिङ्सको ८.३ ओभरमा सञ्जय कृष्णमूर्तिले सेट भएर खेलिरहेका ओपनर एडम रोसिङ्टन (२४ रन) लाई क्याच आउट गराएका थिए।
त्यसको लगत्तै अर्को बलमा (८.४ ओभर) क्रिजमा आएका कप्तान कुशल भुर्तेललाई सञ्जयले आउट गराउँदै पोखरालाई दोस्रो झड्का दिए।
६१ रनमा पहिलो विकेट गुमाएको पोखराको स्कोर ६१ रनमै २ विकेट पुगेको छ। अहिले क्रिजमा ओपनर दिनेश खरेल ३७ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: ११ मंसिर २०८२ १६:४० बिहीबार





