आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ६ रन बनाएर पेभिलियन फर्किएका हुन्।
ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २.४ ओभरमा १४ रनको स्थितिमा पहिलो विकेट गुमाएको हो। भुर्तेलले ८ बलको सामना गर्दै एक चौका प्रहार गरे।
कुशल भुर्तेल आउट भएपछि कप्तान रोहित पौडेल क्रिजमा आएका छन्। उनले अर्का ओपनर आसिफ शेखसँग मिलेर नेपाली इनिङ्सलाई अगाडि बढाएका छन्।
प्रकाशित: २७ आश्विन २०८२ २१:०० सोमबार




