वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट-२० खेलमा सुरुवाती संकटमा परेको नेपालले सानदार पुनरागमन गरेको छ।
ओपनरहरू सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कुशल मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गर्दै सम्हालेका छन्।
शारजाहमा जारी खेलमा १० ओभरको समाप्तिमा नेपालले २ विकेटको क्षतिमा ६८ रन बनाएको छ। कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै मात्र १८ बलमा ३० रन बनाएका छन् भने कप्तान रोहित पौडेलले २७ बलमा २४ रन बनाएर उनलाई साथ दिइरहेका छन्।
यसअघि नेपालले ३.१ ओभरमा १२ रन बनाउँदा आफ्ना दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) लाई गुमाएर संकटमा परेको थियो।
तर, तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थितिमा फर्काएका छन्।
प्रकाशित: ११ आश्विन २०८२ २१:०९ शनिबार





