११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

स्प्रिङसाइनमा कुङ्फुकाे ग्रेडिङ

नेपाल उमा कुङ्फु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ।

ग्रेडिङमा १८ खेलाडी सहभागी थिए। त्यसमा २ जना यल्लो वेल्ट, १० जना ओरेन्ज बेल्ट र ६ जना ब्राउन वेल्टमा पदोन्नति भएको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजितकुमार राईले जनाएका  छन्। आभ्या कपाली र सिमोन थापा यल्लो वेल्टमा पदोन्नति भए। आरभ थापा सुवाल, इम्मा घले, ग्रेस घले, आरुशकुमार सिंह, सबेक श्रेष्ठ, अग्रदिता श्री, सेजान गुरुङ, कृजन महर्जन, सुहानी पौडेल र सोनाम गुरुङले ओरेन्ट बेल्ट प्राप्त गरे। आरोनिया श्री, सोनिया श्रेष्ठ, हार्दिक कमाती, निमा गुरुङ, ओक्सना कँडेल र सिरियाना मोक्तानले ब्राउन बेल्ट पाए।

नेपाल उमा कुङ्फु संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक रमेश महर्जनले ग्रेडिङ सञ्चालन गरेका थिए। ग्रेडिङ कार्यक्रममा अध्यक्ष राईसहित उमा कुङ्फु संघका कोषाध्यक्ष सूर्य तामाङ, ताइची तथा चिगोङ प्रशिक्षक भाइराजा महर्जन, स्प्रिङसाइन नेसनल स्कुलका प्रिन्सिपल सम्झना कर्माचार्य (कपाली) र संस्थापक निर्देशक रिजेश कपाली, खेलाडीका अभिभावकलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष राईले स्प्रिङ्साइन नेसनल स्कुलले उमा कुङ्फु खेलको विकास र विस्तारमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए।

प्रकाशित: २४ कार्तिक २०८२ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App