१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

सदरमुकाम त्रियुगा र चौदण्डीगढीमा 'कोरा साइक्लिङ च्यालेन्ज'

बेलटारमा पहिलो पटक आयोजित कोरा साइक्लिङको उद्घाटन गर्दै चौदण्डीगढी नगरप्रमुख लामा। तस्बिरः महेश्वर

उदयपुरका युवाहरूले छुट्टाछुट्टै दुई ठाउँमा ‘कोरा साइक्लिङ च्यालेन्ज २०२५’ आयोजना गरेका छन्। शनिबार एकै दिन त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीगढी नगरको बेलटार बजारमा साइक्लिङ कार्यक्रम आयोजना गरिएको हो।

उदयपुर साइक्लिङ सङ्घको आयोजनामा त्रियुगामा आयोजित साइक्लिङ रेस गाईघाटदेखि ५० किलोमिटर दूरीमा यात्रा गरिनेछ। जस अनुसार त्रियुगा ११ गाईघाटमा सुरु भएको साइक्लिङ ३ नं. मोतिगडा, ६ नं. जलजले, ७ नं. चुहाडे, ८ नं. राजाबास, १३ नं. बहेडवा,३ नं. भुल्के,९ नं. रातमाटे हुँदै त्रियुगा १० बोक्सेस्थित होटल वल्ड दरबारमा पुगेर समापन हुनेछ।

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले रिबन काटेर उद्घाटन गरेको कोरा साइक्लिङमा यस वर्षझीगु नेवाः पुचः गाईघाटले साँस्कृतिक सहभागिता जनाएको छ। पुचःले साइकल यात्रुहरूलाई खादा, माला र सगुन वितरण गर्दै नेवारी सँस्कार र साँस्कृतिक बाजागाजासहित बिदाइ गरेकोहो।

साइक्लिङ संघका अध्यक्ष माधव बानियाँले सँस्कृतिको संरक्षण, लागूऔषधमुक्त समाज निर्माणमा सहयोग, स्वस्थ जीवनशैली र पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणमा सचेतना फैलाउन हरेक वर्ष कोरा साइक्लिङ आयोजना गर्दै आएको बताए। उनका अनुसार प्रत्येक वर्ष जुलाईको पहिलो शनिबारका दिन विगत ३ वर्षयता कोरा साइक्लिङ आयोजना हुँदै आएको छ।

साइकल यात्रामा उदयपुरसहित विभिन्न जिल्लाका साइकल यात्रीहरू सयभन्दा बढी संख्यामा सहभागी भएका छन्।युवापुस्तालाई सक्रीय, नेतृत्व क्षमताविकासतथा सामाजप्रति उत्तरदायी बनाउन कोरा साइक्लिङले सहयोग पुग्ने विश्वास संघले लिएको छ।

उता जिल्लाको चौदण्डिगढी नगरपालिकामा पनि नगरस्तरीय चौदण्डीगढी कोरा साइक्लिङ च्यालेन्ज २०२५ आयोजना गरिएको छ। चौदण्डीगढी साइकल सिटीको आयोजनामा पहिलो पटक त्यहाँ साइक्लिङयात्रा सुरु भएको हो।

चौदण्डीगढी ६ बेल्टार बजारस्थित पुष्पलाल चौकबाट सुरु भएृको साइकल यात्रा चौदण्डीगढी २ को धप्पर, माडिबास, गँगटे, बेलका नगरपालिका ५ को सुपाडे, चौदण्डीगढी ४ शनिवारे, बेलका २ आम्बासी, सप्तरीको सप्तकोशी नगरको फत्तेपुर बजार, चौदण्डीगढी ५ सुन्दरपुर, शिवाई, अजगडा, चौदण्डीगढी १० हडिया, ९ ज्यामिरे ७बेल्टार हुँदै साढे ५० किलोमिटर दूरी पार गर्दै बेलटार बसपार्क आएर समाप्त हुनेछ।

नगर प्रमुख कालुमान लामाले उद्घाटन गरेको कोरा साइक्लिङ च्यालेन्जले स्थानीय युवालाई स्वास्थ्य, अनुशासन, साइकलमैत्री व्यवहार र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने चौदण्डीगढी साइकल सिटिका अध्यक्ष अनिल पौडलले बताए। उनले साइक्लिङ सँस्कारलाई यसले टेवा पुर्याउनुका साथै  साइक्लिङ सँस्कृतिको प्रवर्द्धन, स्वास्थ जीवन र वातावरण संरक्षणमा पनि यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।  

पछिल्लो समय युवायुवतीमा बढ्दो लागूऔषध कुलतविरुद्ध भूमिका खेल्न तथा नगरको आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न साइक्लिङको क्रममा यात्रीहरूबाट स्वेच्छिकआर्थिक सङ्कलनसमेत गर्ने योजना संघले गरेको। त्यसरी सङ्कलित सहयोग रकमलाई सामाजिक कार्यमा लगानी गर्ने अध्यक्ष पौडेलले बताए।  

जिल्लामा आयोजित कोरा साइक्लिङ कार्यक्रमले युवायुवतीलाई समाजप्रति जिम्मेदार बनाउँदै सचेत नागरिकको स्पमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८२ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App