नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३औं किन्डर ओलम्पिक पुसमा हुने भएको छ। कार्यक्रम पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो।
कार्यक्रममा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए र इसीइटीए लगायतका संस्थाहरु, प्रि स्कुल तथा प्राइमरी स्कुलमा अध्ययनरत विभिन्न उमेरसमूहका बालबालिका गरी करिब ५ हजारको सहभागिता रहने विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन्। सो विषयमा आयोजकबीच बुधबार छलफल पनि भएको थियो।
प्रकाशित: ११ मंसिर २०८२ ०९:३१ बिहीबार





