१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

खड्का पुरुष फुटबल टोलीको प्रशिक्षक

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा एन्फका टेक्निकल डाइरेक्टरसमेत रहेका हरि खड्का नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नै मुख्यालयमा एक कार्यक्रमका बीच खड्कालाई राष्ट्रिय टोलीका पूर्वखेलाडी खड्का राष्ट्रिय टोलीको जिम्मेवारी दिएको हो।

एन्फाका महासचिव किरण राईले खड्कालाई मुख्य प्रशिक्षकको पत्र हस्तान्तरण गरेका थिए। निवर्तमान मुख्य प्रशिक्षक म्याट रसले बिहीबार मात्र पदबाट राजीनामा दिएका थिए। त्यसको एक दिनपछि एन्फाले खड्कालाई जिम्मेवारी सुम्पिएको हो। खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत हुन्। पछि उनलाई एन्फाले टेक्निकल डाइरेक्टरको जिम्मेवारी दिइरहेको थियो। अहिले पनि उनी सोही जिम्मेवारीमा छन्।

एन्फाले पुरुष टोलीको प्रशिक्षक रिक्त भएपछि खड्कामाथि अर्को जिम्मेवारी पनि थपेको छ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग नोभेम्बर १८ मा खेल्दै छ। एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ। पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो।

अब खड्कालाई नेपाली टोलीको छनोटबाट सुखद बहिर्गमन गर्ने लक्ष्य हुनेछ। खड्का नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पुरुष खेलाडी पनि हुन्। उनीसँगै अञ्जन विष्ट र नीराजन रायमाझीले नेपालका लागि सर्वाधिक १३ गोल गरेका छन्। उनै खड्काले अब महिला टोलीपछि पुरुषको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि पाएका छन्।  

प्रकाशित: १५ कार्तिक २०८२ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App