नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार उत्कृष्ट निर्णायक घोषित भएका छन्।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक घोषित भएका हुन्। अशोक मलेसियाबाटै अस्ट्रेलियामा हुने विभिन्न चार विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जानेछन्। मलेसियाको प्रतियोगितामा नेपाली खेलाडीले ३ स्वर्ण र १ रजत जितेका थिए।
प्रकाशित: २६ श्रावण २०८२ ०८:१८ सोमबार





