३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

काभा महिला भलिबल च्याम्पियनसिप शुक्रबारदेखि

शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान  सहभागी हुँदैछन् ।  

प्रतियोगिताको पूर्व सन्ध्यामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने बताइन् । आफ्नो टोलीले उच्चस्तरीय प्रदर्शन गर्ने बताइन् ।  

“टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन रहेकाले यसपाली उपाधि जित्नेमा आशावादी छौँ”, कप्तान ठगुन्नाले भनिन् । उनको नेतृत्वमा नेपालले पहिलो पटक प्रतियोगिता खेल्दै छ ।  च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ ।  

टोलीका अन्य खेलाडीहरुमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।  

पत्रकार सम्मेलनमा सहभागी अन्य टोलीका कप्तानहरुले आफूहरुले पनि उपाधि जित्नकै लागि सक्दो प्रयास गर्ने बताए । प्रतियोगिताको उद्घाटन खेल  शुक्रबार दिउँसो नेपाल र भारतबीच हुनेछ ।  

 

प्रकाशित: ७ जेष्ठ २०८३ २१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App