२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

काभा यू-१९ भलिबल : नेपालको १२ सदस्यीय महिला टोली घोषणा

सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू-१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ।

मंगलबार नेपाल भलिबल संघले १२ जना टोलीको घोषणा गरेको हो। यू-१९ महिला च्याम्पियनसिप कात्तिक १७ देखि २४ गतेसम्म श्रीलंकामा आयोजना हुँदैछ।

यो टोलीले गत असोज १ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रशिक्षण गरिरहेको छ।

नेपाली टोलीमा जेनिशा विश्वकर्मा, भावना तामाङ, मीना सुनार, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ र विनिता राना रहेका छन्।

प्रकाशित: २८ आश्विन २०८२ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App