सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ ।
पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।
श्रीलंकासँग नेपाल पहिलो सेट १८–२५, १७–२५ र २०–२५ को सेटमा पराजित भएको हो ।
सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: १० कार्तिक २०८२ १८:१४ सोमबार




