१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

डा. विक्रम तिमल्सिना: अस्ट्रेलियाबाट पिएचडी, देश फर्किएर संचारमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका छन्। नुवाकोट १ बाट निर्वाचित उनी पूर्व संचारकर्मी हुन्। 

एक दशकअघि रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता उनी अध्ययनका लागि अष्ट्रेलिया गएर फर्किएका हुन्। उनले त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ को कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकारको रुपमा काम गरेका थिए। 

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन्। 

प्रकाशित: १३ चैत्र २०८२ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App