नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साविक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन्।
आज दिउँसो ४ बजे सुरु हुने यस खेलसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा प्रारम्भ भएको छ। जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन्।
गत वर्षको च्याम्पियन जनकपुर उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने काठमाडौं गोर्खाज विजयी सुरुवात गर्ने दाउमा छ।
यस पटक स्तरोन्नति गरिएको त्रिवि मैदानको फ्लडलाइटमा प्रतियोगिताका अधिकांश खेलहरू हुनेछन्। प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
प्रकाशित: १ मंसिर २०८२ १५:४५ सोमबार





