१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘कस्तुरी’ को ३५ दिने छायांकन

निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’ को गाउँको केही दृश्य र गीतबाहेक सम्पूर्ण छायांकन सकिएको छ। फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो।

फिल्मका निर्देशक ऋत बोहोराले केही गाउँको सिन र गीतबाहेक फिल्मको सुटिङ सकिएको बताए। उनले भने,‘ हामीले फिल्मको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छाैं। फिल्मको गीत र गाउँको केही दृश्य खिच्न बाँकी छ। अरू भने कम्प्लेट गरिसकेका छाैं।’

काठमाडौं आसपासमा खिचिएको यो फिल्म रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ। यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका छ।

यसै फिल्मबाट निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन्। यस फिल्मका निर्माता धिरजकुमार अग्रवाल हुन्।

उनी यही फिल्मबाट निर्माताका रूपमा उदाएका छन्। यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। आलोक शुक्लाले खिचेको यो फिल्ममा प्रमुख सहनिर्देशक ललित विष्टले गरेका छन्। फिल्मको गीतमा संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन्।

निर्माण टिमले फिल्मको अधिकांश छायांकन सकेता पनि प्रदर्शन मिति भने घोषणा गरेका छैनन्। निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केही दिनपछि घोषणा गर्ने बताए।

प्रकाशित: ९ चैत्र २०८२ ०८:२५ सोमबार