२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

काठमाडौंलाई सुरुवातमै झट्का, ओपनर बेन चार्ल्सवर्थ ‘डक’ आउट

क्याप्शन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले खराब सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले इनिङको दोस्रो ओभरको सुरुवातमै पहिलो विकेट गुमाएको हो।

लुम्बिनी लायन्सका बलर शेर मल्लले आफ्नो पहिलो ओभरको पहिलो बलमै काठमाडौंका विदेशी खेलाडी तथा ओपनर बेन चार्ल्सवर्थलाई ‘क्लिन बोल्ड’ गर्दै पेभिलियन फर्काएका छन्।

चार्ल्सवर्थले सामना गरेको पहिलो बलमै विकेट गुमाउँदै ‘गोल्डेन डक’ का रूपमा आउट भए।

यसअघि पहिलो ओभरमा रुबेन ट्रम्पेलम्यानले कसिलो बलिङ गर्दै मात्र १ रन दिएका थिए।

हाल काठमाडौंले १.१ ओभरमा १ विकेट गुमाएर जम्मा १ रन बनाएको छ। अर्का ओपनर आकाश त्रिपाठी शुन्य रनसहित क्रिजमा सङ्घर्षरत छन्।

लुम्बिनीले सुरुवाती ओभरमै विकेट लिएर काठमाडौंमाथि दबाब सिर्जना गरेको छ।

प्रकाशित: ९ मंसिर २०८२ १६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App