१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

काठमाडौं जित नजिक, अन्तिम ५ ओभरमा ३० रन आवश्यक

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाज जित नजिक पुगेको छ।

साविक विजेता जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १०१ रन बनाएको छ।

सुरुवातबाटै आक्रामक ब्याटिङ गरेको काठमाडौंका लागि ओपनर आकाश त्रिपाठी र अलराउन्डर मिलिन्द कुमारले तेस्रो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई जितको संघारमा पुर्याएका हुन्।

त्रिपाठी ४३ बलमा ५ चौकासहित ३९ रनमा अविजित छन् भने मिलिन्दले १७ बलमा ११ रन बनाएर उनलाई साथ दिइरहेका छन्।

यसअघि बेन चार्ल्सवर्थले ४६ रनको विष्फोटक पारी खेलेर बलियो सुरुवात दिलाएका थिए।

अब काठमाडौंलाई जितका लागि अन्तिम ३० बलमा ३० रन मात्र आवश्यक छ र उसको हातमा ८ विकेट सुरक्षित छ।

प्रकाशित: १ मंसिर २०८२ १८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App