५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली यशविसको जित

दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली यशविसले विजयी हासिल गरेको छ ।  

शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई  पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो ।  

कर्णालीले पहिलो सेटमा २५–२१ , दोस्रो सेटमा २५– २० र तेस्रो सेटमा २५–१४ ले पोखरालाई हराएको थियो ।  

आजै भएको अर्को खेलमा ललितपुर क्विन्स र मधेस युनाईटेड खेलेका छन्।

भोली (शनिबार) पोखराले मधेस यूनाइटेडसँग खेल्दैँछ । कर्णाली यशविसले भने लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  

यहि भदौ २० देखि २८ गते सम्म पोखरामा हुने एभरेष्ट महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा टिम धनराज  र टिम राजेशका बीच हुने मैत्रीपूर्ण खेलको शुभारम्भ हुने बताइएको छ । 

प्रकाशित: २० भाद्र २०८२ २०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App