१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

यो वर्ष पनि कर्णाली याश्विवजले जित्यो उपाधि

कर्णाली याश्विवजले यो वर्ष पनि उपाधि जितेको छ । कर्णालीले लगातार जित दर्ता गर्दै दोस्रो सिजन एभरेष्ट महिला भलिबल लिगको उपाधि जित्न सफल भएको हो ।  

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा ललितपुर क्वीन्सलाई ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन बनेको हो।

पहिलो सेटमा कर्णालीले २६-२४ दोस्रो २५-१७ ले ललितपुरलाई हरायो। त्यसपछि, तेस्रो सेटमा ललितपुरले २५-१३ले नतिजा आफ्नो पक्षमा बनायो । त्यसपछि पुन: ललितपुरले चौथो सेटमा २५-१७ ले नतिजा आफ्नो पक्षमा बनायो ।  

पाचौ सेटमा कर्णालीले १५-८ ले हराउँदै उपाधि जितेको हो ।

 

प्रकाशित: २९ कार्तिक २०८२ १९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App