ओपनर प्रियांक पाञ्चालको अर्धशतकको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। ब्याटिङमा निकै कठिन देखिएको पिचमा कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोड्यो।
जसका लागि प्रियांक पाञ्चालले ४७ बलमा ६३ रन जोड्दा उनले विलियम बसिस्टोसँग ९६ रनको साझेदारी गरे। बसिस्टोले ४८ रन बनाए। अन्तिममा गुलशन झाले १० बलमा २० रन र नजिबुल्लाह जदरानले ६ बलमा १२ रनको योगदान दिए।
विराटनगरका तर्फबाट मर्चेन्ट डि लांगे र सन्दीप लामिछानेले मात्रै एक–एक विकेट लिए।
प्रकाशित: १२ मंसिर २०८२ १७:३७ शुक्रबार





